नेकपाका निलम्बित प्रदेश सांसद शाह फरार

0

जनकपुर, २६ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ नम्बर प्रदेशसभाका एक सांसद फरार भएका छन्। धनुषा जिल्ला अदालतले ती सांसदलाई दोषी रहेको फैसला गरेपछि फरार भएका हुन्।

अदालतले बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरे लगत्तै निलम्बनमा परेका प्रदेश सांसद दिलिप कुमार साह फरार भएका हुन्। धनुषा प्रहरीले उनको खोजीलाई तीव्र बनाएको बताएको छ। जिल्ला अदालत सिरहाबाट चार वर्ष अघि भएको फैसला जनकपुर उच्च अदालतले सदर गरेपछि प्रदेशसभाले सांसद साहलाई सांसदबाट निलम्बन गरेको हो।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद पाँच हजार जरिवना फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध साह उच्च अदालत गुहार्न पुगेका थिए। उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गरेपछि सांसद साहले कैद र जरिवाना भुक्तान गर्नुपर्ने भएको छ। संगीता यादवको जाहेरीको आधारमा सांसद साहलाई बहुविवाह मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना फैसला गरेको थियो।

adalat-ko-faisala

Comments
Loading...
You might also like