बंगलादेशमा दुई रेल ठोक्किदा १६ को ज्यान गयो

लाेकपाटी न्यूज
0 Shares

बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ। मंगलबार बिहान भएको दुर्घटनामा ४० जना भन्दा बढी घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

दुर्घटनामा क्षतिग्रस्त भएको रेलमा फसेका यात्रुलाई उद्धार गर्न उद्धारकर्मीलाई कठिनाइ भइरहेको छ। चटगाउँका लागि छुटेको रेल र राजधानी ढाकाका लागि छुटेको रेलसँग स्थानीय समय अनुसार मंगलबार बिहान तीन बजे राजधानी ढाकाबाट १०० किलोमिटर पर ठोक्किएका हुन्।

दुर्घटनामा चटगाउँका लागि छुटेको रेलका तीनवटा डिब्बामा क्षति पुगेको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्