उदयपुर, २६ कात्तिक । उदयपुरमा रुखबाट लडेर सोमबार दिउँसो करिव ३ बजे एक महिलाको मृत्यु भएको छ । ताप्ली गाउँपालिका १ फलाँटे बस्ने ४५ वर्षीया भरि माया राईको रुखबाट लडेर मृत्यु भएको हो।
घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाइते भएकी राईलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।