प्रधानमन्त्रीलाई अस्पताल राखेर म चीन जान्नँ : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण स्थगित गरेका छन्। ६० जनाभन्दा बढी नेकपा नेताहरुको नेतृत्व गर्दै प्रचण्ड चीन जाने कार्यक्रम रहेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भएका बेला आफू चीन नजाने निर्णय प्रचण्डले गरेका हुन्। ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूलाई अस्पतालको बेडमा छोडेर चीन जान अध्यक्ष प्रचण्डले उचित ठान्नु भएन’ नेकपाका एक नेताले भने ‘प्रधानमन्त्रीको डिस्चार्ज हुने समय अनिश्चित भएपछि भ्रमण स्थगित गरिएको हो ।’

अध्यक्ष प्रचण्डले २२ मंसिरमा नेकपाका ६० नेताहरुसहित चीन जाने तयारीमा थिए। चिनिया कम्यूनिष्ट पार्टी र राष्ट्रपतिको निमन्त्रणामा प्रचण्ड नेतृत्वको टोली चीन जाने तयारीमा रहेको थियो। प्रधानमन्त्री ओलीले पनि चीन जान स्वीकृति दिइसकेका थिए। तर ओली बिरामी परेपछि कार्यक्रम रद्द गरिएको छ।

सी पथका बारेमा अध्यक्ष गर्न र चिनिया कम्यूनिष्ट पार्टीका नेताहरुसँग गहिरो छलफल गर्न नेकपाका नेताहरु चीन जान लागेका थिए। आफू चीन जान लागेको अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममै बताएका थिए।

प्रधानमन्त्री अस्पतालको बेडमा र पार्टीका कार्यकारी अध्यक्ष विदेश भएपछि पार्टीभित्र पैदा हुने भन्दै केही नेताले भ्रमण स्थगित गर्न सुझाव दिएका थिए। सुझावपछि प्रचण्डले प्रधानमन्त्री ओलीलाई अस्पतालको बेडमै पुगेर चीन भ्रमण स्थगित गर्ने बताएका थिए।

चीन भ्रमण रद्द गरेपछि प्रचण्डले नेकपा स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेका छन्। निस्कृय भएको पार्टीपंक्तिलाई ‘भाइब्रेशन’ मा ल्याउने उदघोष गरेका प्रचण्डले ६ महिने पार्टी अभियानको कार्यक्रम ल्याउने तयारी गरेका छन्। पार्टी स्थायी र केन्द्रीय समितिमा छलफलका लागि ६ महिने प्रस्ताव ल्याउन लागेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्