नेकपा सचिवालय बैठक सकियो, के-के भयो निर्णय ?

Nekapa_Sachiwalaya_Prachanda
फाइल तस्बिर
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार बिहान बसेको सचिवालयको बैठक सम्पन्न भएको छ। बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो। बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने बताए।

बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रिय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए। आज बसको बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ। प्रचण्डको अध्यक्षतामा आज पहिलो पटक बैठक बसेको हो।