पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

एजेन्सी। पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको हो।

इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको छ। विभागले उक्त भूकम्पको केन्द्रबिन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिव १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ।

स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन। सिन्ह्वा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्