पीडित परिवारलाई आर्थिक सहयोगको अपिल

लाेकपाटी न्यूज

हरि कुँवर/अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापालाई आर्थिक समस्या परेको छ ।

उनी माथि अर्को पिडा आईलागेको छ। थापाका एकल छोरा १४ बर्षीय राजन थापा आगोले जलेका छन्। आर्थिक अवस्था कमजोर भएका राकेश थापाको क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो।

थापाको श्रीमती, तीन छोरी, एक छोरा छन्। घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ।

राकेश थापाका छोरा राजन थापाको दुवै खुट्टा र हात जलेकोले अपरेसन गरी सर्जरी गर्नुपर्ने डाक्टरले बताउँछन्। राजनको उपचारको लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको छ। नवदिपयुवा क्लबले सयोग गर्दै सयोग गर्न अपिल गरेको क्लबका अध्यक्ष सुर्य कुँवरले बताए।

अधिक जानकारी लिन परेमा पीडितको मोबाइल नं. ९८४७२३७६९७, ९८४६७९३८७९

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्