वडा कार्यालय र स्काभेटरमा आगजनी

  • 17
    Shares
0

संखुवासभा, २६ मंसिर। संखुवासभामा ५ नम्बर वडा कार्यालय र एक स्काभेटरमा आगजनी भएको छ।संखुवासभामाको मादी नगरपालिका वडा नम्बर ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको हो।

वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो । बुधबार राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमूख विदुर सुब्बाले जानकारी दिए।

आगजनी नेत्रविक्रम चन्द नेकपाले गरेको हुनसक्ने उनले बताए। आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ। आगजनीको घटनापछि त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए।आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए। रासस

Comments
Loading...
You might also like