माघ ९ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको घोषणा

gokul baskota
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ मंसिर । माघ ९ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ ९ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।

राष्ट्रिय सभाको रिक्त १८ पदका लागि निर्वाचन हुन् लागेको हो। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटिसकेको छ। 

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई यसअघि नै अनुरोध पत्र प्राप्त भइसकेको छ। उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ। रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सरकारले मिति घोषणा गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्