बेल्जियमका प्रधानमन्त्री मोण्डलाई नेपाल भ्रमणको निम्तो

  • 545
    Shares
0

काठमाडौं, २६ मंसिर । भरतपुर महानगरपालिकाकी प्रमूख रेनु दाहालले बेल्जियमका प्रधानमन्त्री एनएम मोण्डलाई नेपाल भ्रमण वर्ष सन् २०२० को निमन्त्रणा दिएकी छिन्। मैत्रीपूर्ण सद्भाव भ्रमणको क्रममा भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डलले बेल्जियमको प्रधानमन्त्री मोण्ड र युरोपेली संसद अन्तर्गत ईसिआर समूहका उपाध्यक्ष एसिटा कोन्कोसँग द्विपक्षीय भेटवार्ता भएको हो।

भेटमा प्रमूख दाहालले एक सिंगे गैँडाको मायाको चिनो उपहार दिँदै एक सिंगे गैँडा अवलोकनका लागि नेपाल भ्रमणको निम्तो दिएकी थिइन्। नेपाली प्रतिनिधिमण्डलले लामो अन्तरालपछि स्थानीय निकायमा जनप्रतिनिधि आएकोले विकसित मुलुकका अनुभवहरु अनुकरणीय रहेको बताएका थिए।

जवाफमा प्रधानमन्त्री मोण्ड र उपाध्यक्ष कान्कोले नेपालको विकाशमा युरोपको विकशीत प्रविधी उपयोगी हुने बताउँदै आवश्यक सम्पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए।

बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभीएको ग्रोबेन्दोङ् नगर संगठनको निम्तोमा भरतपुर महानगर प्रमूख रेनु दाहाल र उपप्रमूख पार्वती शाहसहितको प्रतिनिधि मण्डल बेल्जियमको अध्ययन भ्रमणमा छ। भरतपुर महानगरमा पुर्खौली घर भएका गैरआवशिय नेपाली कृष्ण रेग्मी ग्रोबेन्दोङ् नगर संगठनको प्रमूख हुन्।

Comments
Loading...
You might also like