सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

Earthquack
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ मंसिर। बिहीबार साँझ सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ। ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको छ। भूकम्पको धक्का महशुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए ।

राष्ट्रिय  भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्