उत्तर कोरियाद्वारा फेरि आणविक परिक्षण

Kim Jong un
लाेकपाटी न्यूज

एजेन्सी। उत्तर कोरियाले फेरि आणविक परिक्षण गरेको छ। उत्तर कोरियाल आफ्नो भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आणविक क्षमता बढाउन महत्त्वपूर्ण परीक्षण सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ।

एक प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो। तर उनले थप विवरण नदिएको बीबीसीले उल्लेख गरेको छ। यो एक हप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो। अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ।

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले ‘नयाँ बाटो’ अपनाउने बताएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इञ्जिनको परीक्षण गरिएको बताए। उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्