कक्षा ११ को पुरक परीक्षाको नतिजा सार्वजनिक

examination_board_
लाेकपाटी न्यूज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ। परीक्षाकाे एक महिनापछि बाेर्डले परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे।

बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए। जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ।

यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ। यस्तै वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.com, www.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्