डा. भट्टराईको क्षेत्रबाट डेढ दर्जन कार्यकर्ताको विद्रोह

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

गोरखा। नेपाल कम्युनिष्ट पार्टी भीमसेन थापा गाउँपालिका वडा नं.–४ धावामा आयोजित वैचारिक प्रशिक्षण कार्यक्रममा संघीय समाजवादी पार्टीका अध्यक्षसहित डेढ दर्जन नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरुमा अध्यक्ष सुशीला लामिछाने, सीताराम विक, विन्दा परियार, अर्जुन वि.क., गीता परियार, फूलमाया नेपाली, सन्तोष विक, पशुपति परियार, पार्वती विक, निशान परियार, सुरेन्द्र परियार, विरेन्द्र विक, लक्ष्मण नेपाली, सुशील नेपाली लगायत रहेका छन्। उनीहरु समाजवादी पार्टीबाट देश र जनताको समृद्धि सम्भव नभएको भन्दै नेकपा प्रवेश गरेका हुन्।

प्रशिक्षण कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धिताल, गोरखा जिल्ला सहइञ्चार्ज सुशीला सिंखडा, भीमसेन थापा गाउँपालिका अध्यक्ष विनोद पाण्डे, युवा नेता अशोक शर्मा, राजन आले मगर लगायतले पार्टी प्रवेश गराएका हुन्।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति धितालले समृद्ध नेपाल निर्माण गर्न नेकपा बाहेक अरु कसैले नसक्ने बताए। उनले कम्युनिष्ट आन्दोलनलाई थप शक्तिशाली बनाएर मात्र जनताको विकास र समृद्धिको चाहना पूरा हुनेमा जोड दिँदै नवप्रवेशी कार्यकर्तालाई स्वागत गरेका थिए।