काठमाडौं। बाँके निर्वाचन क्षेत्र १ मा केही महत्वपूर्ण र दीर्घकालिन महत्व राख्ने योजनाहरु सञ्चालन हुने भएका छन्। अर्थ मन्त्रालय र राष्ट्रिय योजनामार्फत केही ठूला योजनाहरु सञ्चालन हुन लागेका हुन्। अर्थ मन्त्रालयको विशेष र समपुरक अनुदानमा बाँके निर्वाचन क्षेत्र १ मा सिकलसेल एनीमियाको ल्याव, विद्यादयको भवन, दलित आयआर्जनका कार्यक्रम, सडक निर्माण तथा कालोपत्रे लगाएका योजनाहरु सञ्चालन हुने भएका हुन्।
कोहलपुर नगरपालिकामा सिकलसेल एनीमियाको ल्याव स्थापनाका लागि तीन करोड २१ लाख, सरस्वति माध्यामिक विद्यालयको भवन निर्माणका लागि ५३ लाख ६७ हजार र दलित आयआर्जनका लागि बाख्रा वितरण कार्यक्रमका लागि नरैनापुर गाउँपालिनकामा १ करोड रुपैया विशेष अनुदान पाएको छ।
यस्तै कोहलपुर रिङरोड निर्माणका लागि ९१ लाख ५५ हजार, कोहलपुर साझाचोक देखि पूर्वदिपशिखा स्कूल हुँदै नगरविकासको सिमानासम्म सडक कालोपत्रे गर्न ४१ लाख २९ हजार, हुलाकी सडक देखि वरफानी वावा मन्दिर जाने बाटोमा १ करोड ८८ लाख र रोसन पूर्वदेखि हुलाकी सडक हुँदै रंगशाला जाने बाटो निर्माणका लागि ४३ लाख २६ हजार रकम समपुरक अनुदान पाएको छ।
बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद महेश्वर गहतराज ‘अथक’ को विशेष पहलमा यस निर्वाचन क्षेत्रमा सात धेरै राम्रा र महत्वाकांक्षी योजनाहरु सञ्चालन हुन लागेको उनका स्वकिय सचिव दिलिप सोनीले बताए।