७ र ९ कक्षाको सर्टिफिकेट पनि नक्कली

Akhtiyar aayog
लाेकपाटी न्यूज

काठमाडौं। नक्कली प्रमाणपत्र राखेर सरकारी जागिर खाएको भन्दै विद्युत प्राधिकरणका ६ जना कर्मचारीविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगले नेपाल विद्युत प्राधिकरण, यदुकुवा वितरण केन्द्र, धनुषामा इलेक्ट्रिसियन (तह-३) पदमा कार्यरत रामनन्दन राउत यादव, कुलेश्वर वितरण केन्द्र, काठमाडौंमा हेल्पर (तह-२) पदमा कार्यरत लालु डगौरा, दमक वितरण केन्द्र, झापामा हेल्पर (तह-२) पदमा कार्यरत समसेर तामाङ, जनसाधन विभागमा हेल्पर (तह-२) पदमा कार्यरत खेमप्रसाद रिमाल, जनसाधन विभागमा जुनियर हेल्पर (तह-२) पदमा कार्यरत रामबहादुर मुक्तान, जनसाधन विभागमा फोरम्यान (तह-४) पदमा कार्यरत कृष्णकुमार भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो।

रामनन्दन राउत यादवले कक्षा १० उत्तीर्ण गरेको झुठ्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी जागिर र सेवा सुविधा लिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ। त्यस्तै‚ लालु डगौरा र रामबहादुर मुक्तानको कक्षा ७, समसेर तामाङ र खेमप्रसाद रिमालको कक्षा ९ र कृष्णकुमार भण्डारीको एसएलसी (टेस्ट) परिक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्