पार्टी विधानको प्रस्तावना संसोधन गर्न भिम रावलको माग

Nekapa_Sthayi samiti
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले केन्द्रदेखि तल्लो तहसम्मै उपाध्यक्ष पदको व्यवस्था गर्न माग गरेका छन्। केन्द्रीय सचिवालयको संख्या बढाउन पनि उनले स्थायी समिति बैठकमा प्रस्ताव गरेका छन्।

नेकपाको जारी स्थायी समिति बैठकमा २५ पृष्ठ लामो सुझाव राखेका रावलले केन्द्रीय कमिटीमा मात्र उपाध्यक्षको पद राख्दा विरोधाभाषपूर्ण निर्णय हुने उल्लेख गरेका छन्। उनले पार्टीको तल्लो तहसम्म पनि उपाध्यक्ष पद राख्न माग गरेका छन्।

यस्तै सचिवालयको संख्या बढाउन पर्ने उनको प्रस्तवमा सचिवालयमा अध्यक्ष, बरिष्ठतम् नेता, प्रवक्ता र महासचिवसहित १५ सदस्यीय हुनुपर्ने उल्लेख छ। जसमा उनले हाल थप गर्न खोजिएका उपाध्यक्षलाई भने अटाएका छैनन् ।

उनले विधानमा रहेको बरिष्ठ शब्दलाई संसोधन गरी बरिष्ठताक्रममा अगाडि भन्ने शब्दावली राख्न प्रस्ताव गरेका छन्। उनले सचिवालयले पर्याप्त समय नदिइ विधान संसोधनको प्रस्ताव गरेको भन्दै सचिवालयका नेताहरुको लिखितरुपमै आलोचना समेत गरेका छन्।

नेता रावलले पार्टी विधानको प्रस्तावना नै संसोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनको प्रस्तावमा पार्टीको रणनीतिक लक्ष्य अर्थात आधारभुत कार्यक्रम वैज्ञानिक समाजवाद हुनुपर्ने उल्लेख गरेका छन्। त्यसैगरी तत्कालीन कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनुपर्ने भनेका छन्।