नेकपा स्थायी समितिमा मन्त्रिपरिषद् पुनर्गठनबारे चर्चा

Gokarna Bista-4
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुग्ने व्यवहार भएको गुनासो गरेका छन्।

आज पार्टी स्थायी कमिटी बैठकमा बोल्दै पूर्व श्रम तथा रोजगारमन्त्रीसमेत रहेका विष्टले मागेको भए आफूहरु राजीनामा दिन तयार नै रहेको बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिरमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। त्यसक्रममा विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाइएको थियो भने त्यति नै संख्यामा नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए।