राजेन्द्र बिक/बाजुरा, ३ पुस। बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ। विगतदेखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बञ्चित भएका छन्।
बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भइसक्यो, करोडौं खर्च गरिसक्यो। तर मार्तडीबासीका लागि न त अहिलेसम्म नियमित पानी आउँछ, न त आइरहेको पानी व्यवस्थित भएको छ, स्थानीयहरुले गुनासो गर्ने गरेका छन्।
दुई हप्तादेखि मार्तडीमा खानेपानीको सङ्कट बढ्दै गएको छ। धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी थापावाडा बाउली र विद्युत नहरका पानी प्रयोगमा ल्याइरहेका छन्।