नेपाल खुला विश्वविद्यालय नियमित रुपमा कलेज जान नसक्ने विद्यार्थीका लागि भनेर खोलिएको विश्वविद्यालय हो। यस विश्वविद्यालयमा स्नातक तहमा बीबीए, बीबीएस, एलएलबी पढाइ हुन्छ। त्यसैगरी स्नाकोत्तर तहअन्तर्गत एमबीए, मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेशन (एमबीए) पढाइ हुन्छ।
नेपाल खुला विश्वविद्यालयको एमबीए अन्य विश्वविद्यालयको भन्दा फरक एमबीए भने होइन। खुला विश्वविद्यालयको पाठ्यक्रमले पनि अन्य विश्वविद्यालय सरह अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ। तर, अरु विश्वविद्यालयको दाँजोमा हेर्ने हो भने केही कुरामा फरक पाइन्छ। नेपाल खुला विश्वविद्यालयका विद्यार्थीले प्रथम वर्षमा नै कुनै एक स्पेसिफिक विषयमा अध्ययन गरिसकेका हुन्छन्, जसले गर्दा उनीहरुलाई पोष्ट ग्रयाजुएसन डिप्लोमा (पीजीडी) गर्दा सजिलो हुन्छ।
नेपाल खुला विश्वविद्यालय अन्तर्गत मार्केटिङ, फाइनेन्स, इन्टरप्रेनरसीप, बैंकिङ, इन्स्योरेन्स पढाइ हुन्छ। तर, विद्यार्थीको सङख्या कम भएका कारणले गर्दा अहिले मार्केटिङ, फाइनेन्स, इन्टरपे्रनरसीप मात्र पढाइ भइरहेको छ। विश्वविद्यालले हरेक ६ महिनाको अन्तरालमा भर्ना लिन्छ। विश्वविद्यालयले हरेक भर्नामा ५० जना विद्यार्थी मात्र लिने गरेको ब्यवस्थापक संकायका डिन प्रा.डा. शिलु मान्नधर बज्राचार्यले बताइन्। यस विश्वविद्यालयमा एमबीए साँझको ७ बजेदेखि १० बजेसम्म पढाइ हुन्छ। विद्यार्थी भर्ना भइसकेपछि कलेजको परिचयपत्र प्राप्त गरेका हुन्छन्, जसका आधारमा घरमै बसेर विद्यार्थीले अध्ययन गर्छन्।
विद्यार्थीहरुले आफ्नो गृहकार्य तथा आफ्नो प्रोजेक्ट पनि अनलाइनमार्फत् पठाउने व्यवस्था विश्वविद्यालयले गरेको छ। त्यसैगरी अनलाइन कक्षामा हाजिर हुन नसक्ने विद्यार्थीका लागि अर्को विकल्प पनि रहेको छ, त्यो हो रेकडिङ। रेकडिङमार्फत् पनि विद्यार्थीले अध्ययन गर्न सक्छन्। त्यसको साथ साथै विद्यार्थीका लागि भनेर कन्टयाक सेशन राखिएको छ। त्यसमा शिक्षक र विद्यार्थीको भेट गराई पढाई सम्बन्धी छलफल हुन्छ। विद्यार्थीले अनलाइनमार्फत् अध्ययन गर्ने भएता पनि परीक्षा भने लिखितमा नै दिनुपर्ने हुन्छ।
एमबीए पढ्ने विद्यार्थीका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो फिल्ड भिजिट, प्रिजेन्टेशन, सेमिनार र इन्र्टन। यसका लागि अरु विश्वविद्यालयको एमबीएमा यस्तो सेशनहरु राख्नका लागि विद्यार्थीहरु दैनिक रुपमा कलेजमै हाजिर हुन आवश्यक हुन्छ। तर, खुला विश्वविद्यालयको एमबीए अध्ययन गर्ने विद्यार्थीका लागि यी सबै कुराको आवश्यकता त हुन्छ। तर, यहाँ अध्ययन गर्ने विद्यार्थी कुनै न कुनै क्षेत्रमा संलग्न भइसेकेको हुँदा उनीहरुलाई यस विषयमा भिज्न र प्राटिकल गर्न सजिलो हुन्छ।
खुला विश्वविद्यालयमा २ वर्षको एमबीएमा सेमेष्टर प्रणालीअन्तर्गत पढाई हुन्छ। नियमित रुपमा अध्ययन गर्ने विद्यार्थीले २ वर्षमा नै एमबीए सक्छन् भने समय नभएका विद्यार्थीले ८ वर्षको अवधिभित्र एमबीए सक्नुपर्छ। शुल्क भने खुला विश्वविद्यालयले एक सेमेष्टरको ६० हजार तोकेको छ। (खबर एजुकेशनबाट।)