महिला बन्दीले चौकीदारलाई जेलभित्रै थुनेपछि

lokpati banner
लाेकपाटी न्यूज

नेपालगन्ज। बाँके कारागारका महिला बन्दीले राम्रो खाना नदिएको भन्दै आन्दोलन सुरु गरेका छन्। उनीहरुले चौकीदारलाई महिला बन्दी गृहमै थुनेर राखेका छन्। चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन्।

निमित्त जेलर दीपेन्द्र पौडेलले चौकीदारसँग भेट गर्न नदिँदा के भएको हो भन्ने थाहा हुन नसकेको बताए । पौडेलले शुक्रबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई महिला बन्दीको आन्दोलनका विषयमा जानकारी गराएका थिए ।

गत १४ कार्तिकमा पुरुष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरुवा गरेका थिए। मंसिरको दोस्रो साता यता बाँके कारागार जेलरविहीन भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको बताए। ‘जेलर नभएर कारागारमा समस्या भएको हो।

जुम्लामा सिडियो नभएर उहाँ रोकिनु भएको हो। आइतबार, सोमबारसम्म आइपुग्नु हुन्छ, ‘उनले भने, ‘चौकीदारले राम्रो खाना दिएन भनेका रहेछन्। नियम विपरित चौकीदार राखिएको छ भने अर्को व्यवस्था हुन्छ भनेर पठाएको छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्