बालुवाटारमा ओली–प्रचण्डबीच भेटघाट

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता भएको छ। अध्यक्षद्वयबीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए। शुक्रबार बिहान भएको उक्त भेटमा झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी भएको महासचिव पौडेलले जानकारी दिए। भेटवार्तामा स्थायी समिति बैठकमा उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको छ ।

नेकपाको स्थायी कमिटीमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो। त्यस्तै राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राजपासँग सहकार्य गर्ने सम्झौताका बारेमा समेत सदस्यहरुले प्रश्न उठाएका थिए ।

यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ। दलको बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता भएको हो। संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा संघीय संसदको हिउँदे अधिवेशनबारे सांसदहरुलाई ब्रिफिङ गराइनेछ।