काठमाडौं, ४ पुस। नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग मेलबर्न स्टार्समा आवद्ध ब्रिस्बाने हिटविरुद्धको पहिलो खेलमा ‘प्लेइङ ११’ मा अटाएका छन्। बास लिग (बीबीएल) अन्तर्गत बीबीएलको नयाँ सिजनमा मेलबर्नले हिटविरुद्ध पहिलो खेल खेल्दै छ।
मेलबर्नले आफ्नो पहिलो खेलमै सन्दीपलाई ‘प्लेइङ ११’को रुपमा मैदानमा उतारेको छ। सन्दीपले यसअघिको संस्करणमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए। अघिल्लो सिजनमा खेलका ७ खेलमा सन्दीपले कूल ११ विकेट लिएका थिए।
अस्ट्रेलियामा राम्रो प्रभाव छाड्न सफल भएका सन्दीपले यो सिजनमा कस्तो प्रदर्शन गर्ने छन् भन्ने बारे भने हेर्न बाँकी नै छ। मेलबर्नले सन्दीपलाई अस्ट्रेलियाको पीचमा विकेट लिन सहज हुने अनुमानसहित टिममा राखेको छ। सन्दीपले खेलेका सबै जसो प्रतियोगितामा विकेट लिन सफल भएका छन्।