आयुर्वेदिक उपचारका लागि सीता दाहाल हरिद्वारमा

sita-dahal
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि भारतको हरिद्वार पुगेकी छन्। सीतालाई उपचारका लागि हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी छोरी गङ्गा दाहालले सामाजिक सञ्जालमार्फत गराएकी छन्।

चिकित्सकीय भाषामा प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) रोगबाट सीता पीडित छन्। यो एक दुर्लभ शारीरिक समस्या हो जसका कारण मानिसको मानसिक रुपमा कमजाेर हुनुका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ।

यसअघि प्रचण्डले अमेरिका लगेर उपचार गराई फर्किएकी उनी लामो समयदेखि अस्वस्थ छिन्। अहिले आयुर्वेद उपचार पद्धतिबाट उपचार गर्न उनलाई भारतको हरिद्वार अवस्थित बाबा रामदेवको आश्रम लगिएको हो। पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसहित छोरी गङ्गाका साथमा सीतालाई त्यहाँ पुर्‍याइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्