सात महिने बालक मेयर बने

Biliyam-Charli pic
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी शहर व्हाइटहलमा सात महिनाका बालक मेयर चुनिएका छन्। विलियम चार्ली म्याकमिलन सात महिनामै मेयर चुनिएका उनी यति सानै उमेरमा मेयर बन्ने पहिलो व्यक्ति हुन्।

मेयर चुनिएलगत्तै उनले व्हाइटहल कम्युनिटी सेन्टरमा शपथ ग्रहण गरेका छन्। सपथग्रहणका क्रममा उनी बुबाआमाको काखमा थिए। उनको शपथ ग्रहण समारोहमा १५० जना उपस्थित थिए।

उनलाई गत अक्टोबरमा ग्राइएम्स काउन्टीको मेयर चुनिएको थियो। हरेक वर्ष व्हाइटहलको फायर स्वयंसेवक विभागको वार्षिक बीबीक्यू संकलन कार्यक्रममा मेयर चुनिएको हो।

कार्यक्रममा मेयर पदको लागि बोली लगाइएको थियो। जसमा सबैभन्दा कम उमेरका चार्ली पनि सहभागी थिए। उनलाई धेरैले समर्थन गरेपछि मेयर बनेका हुन्। यद्यपि, मेयरको काम भने वास्तविक मेयरले गर्ने गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्