कबाडीमा फालिँदै छन् हजारौं आईफोन

apple iphone use
लाेकपाटी न्यूज

एजेन्सी। केही वर्षअघि एप्पलले आईफोन ७ र आईओएस ७ लन्च गर्दै आईफोनलाई त्यसअघिभन्दा बढी सुरक्षित पार्‍यो। त्यो फिचरको नाम ‘एक्टिभेसन लक’ हो।

त्यसपछि ह्याकरका लागि आईफोन र आइप्याड ह्याक गर्न लगभग असम्भव भयो। आईफोन र आईप्याड प्रयोगकर्ताले ‘फाइन्ड माई एप’ लाई फोनमा ‘एक्टिभेट’ गर्नुपर्छ। यसबाट फोन आफैं ‘टर्न अन’ हुन्छ।

यो फिचरले जहाँसम्म एकतर्फ डिभाइसलाई अत्यन्तै सुरक्षित बनाउँछ भने अर्कोतर्फ डिभाइन अनलक नहुँदा फोन पूर्ण रूपमा काम नलाग्ने बन्छ। यदि फोन चोरी या हराएमा यसलाई अर्को कुनै व्यक्तिले अनलक गर्न सक्दैन।

त्यसैले यो फिचरका कारण नै हरेक महिना हजारौं आईफोनहरू कबाडीमा परिणत हुन्छन्। यो जानकारी हार्डवेयर रिपेयर स्पेशलिस्ट आईफिक्सिटको रिपोर्टमा दिइएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्