काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक लम्बिएको छ। मंसिर २९ गतेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा एमसीसी सम्झौताबारे फरक फरक मत आएपछि आज सकिने भनिएको बैठक थप लम्बिएको हो।
स्थायी समिति सदस्यहरुले बोलिसकेपछि आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यतालका रहे पनि बैठकमा सहमति जुटन नसकेपछि थप छलफलका लागि बैठक लम्बाइएको बताइएको छ।
‘एमसीसी केही पनि होइन् भनेर परराष्ट्र मन्त्रीले भन्नुभयो’, बैठकपछि स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग भने, ‘तर, साथीहरुको त्यसमा चित्त बुझेन त्यसैले थप छलफल गर्नुपर्छ भन्ने कुरा आएपछि भोलि फेरि बैठक बस्ने भएको छ।