काठमाडौं, ६ पुस । नेपाली कथानक चलचित्र ‘आमा’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ। हिन्दी चलचित्रलाई उछिन्दै युट्युब रिलिजको तेस्रो दिन ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो।
तीनवटा हिन्दी चलचित्रलाई ‘आमा’को ट्रेलरले पछि पारेको हो। बुढा सुब्बा युट्युब च्यानलबाट ट्रेलर लञ्च गरिएको थियो। हिन्दी चलचित्रसमेत रिलिज भएकाले ट्रेन्डिङको अपेक्षा नगर्न बुढा सुब्बाले भने पनि ट्रेन्डिङमा आउनु अनपेक्षित भएको निर्देशक दीपेन्द्र के खनालले बताए। व्यक्तिको प्रतिकृया र ट्रेन्डिङमा आउनुले आफू थप उत्साहित भएको दीपेन्द्रले बताए।
फागुन ९ गते रिलिज हुने चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा रहेका छन्। चलचित्रले सरकारी र निजी अस्पतालमा भिन्नता र यसका सकारात्मक तथा नकारात्मक पक्षलाई चलचित्रले उठान गरेको छ। ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्रको यो ड्रिम प्रोजेक्ट हो।