काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्लीको रामलीला मैदानमा भारतीय जनता पार्टी भाजपा कार्यकर्ताको र्यालीलाई संवोधन गदैछन्। यो सभामा सुरक्षा चुनौती देखिएको छ।
दुई दिनअघि खुफिया एजेन्सीले मोदीमाथि आतंककारी हमला हुन सक्ने खतराको सूचना जारी गरेको थियो। त्यसपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार दिल्ली बाहिरबाट कम्तीमा २० पुलिसका कम्पनी रामलीला मैदान आसपासमा तैनाथ हुनेछन्।
हर कम्पनीमा ७०–८० प्रहरी जवान हुनेछन्। करीब २० डीसीपीहरुसंगै स्थानीय पुलिसका १००० जवान पनि सामेल हुनेछन्। आयोजनास्थल आसपास स्नाइपरहरुलाई पनि राखिने जनाइएको छ। त्योसंगै एन्टी ड्रोन टिम र विशेष कमाण्डो टिमलाई पनि खटाइने बताइएको छ।
कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरु पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।