एजेन्सी। क्युवामा ४३ वर्षपछि म्यानिअल मर्रेरो क्रुज प्रधानमन्त्रीमा चुनियका छन्। क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्रीमा चुनेका हुन्।
१६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री हुनेछन्। पर्यटन मन्त्रालय सम्हाल्नुअघि उनी सेनाका कर्णेल थिए। क्युवामा ४३ वर्षपछि प्रधानमन्त्रीको पद पुनःस्थापना गरिएको हो। सन् १९५९ मा क्रान्ति सफल भएपछि सन् १९७६ सम्म फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पदमार्फत् कार्यकारी अधिकार प्रयोग गरेका थिए।
पछि राज्य परिषदको राष्ट्रपति पद सिर्जना गरेर प्रधानमन्त्री पद खारेज गरिएको थियो। मर्रेरोको चयनलाई क्युवाको नेसनल एसेम्ब्लीका ५९४ डेपुटीले सर्वसम्मतीमा अनुमोदन गरेको थियो। शनिबार बसेको वर्षको अन्तिम सेसनमार्फत् नेशनल एसेम्ब्लीले प्रधानमन्त्री लगायत उपप्रधानमन्त्री, मन्त्री परिषदका अन्य सदस्य पनि चुनेको थियो।
क्युवामा अहिले डियाज-कनेल राष्ट्र प्रमूख छन् भने राहुल क्यास्ट्रो सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष छन्। धेरैले मूख्य शक्ति पार्टी प्रमूख राहुलको हातमा रहेको विश्वास गर्छन्। प्रधानमन्त्रीको कार्यभार स्पष्ट नगरिएको भए पनि उनले क्युवाली सरकारको दैनिक काम व्यवस्थापन गर्ने र राष्ट्रपतिलाई त्यसको जानकारी गराउने अपेक्षा गरिएको छ।
क्युवाले सन् २०१९ फेब्रअरीमा जनमतसंग्रहमार्फत् नयाँ संविधान अनुमोदन गरेको थियो।
नयाँ संविधानले सन् १९७६मा फिडेल क्यास्ट्रोद्वारा लागू भएको सोभियत मोडेलको बडापत्रलाई विस्तापित ग¥यो। नयाँ सविधानले नीजि सम्पति र विदेश लगानीलाई संरक्षण गरेको छ र पहिलो पटक राष्ट्रपतिको कार्यकाललाई दूई पटकमा सिमित गरेको छ।