पोखरा प्रिमियर लिगमा चितवन राइनोजको चौंथो जित

pic 1
लाेकपाटी न्यूज
0 Shares

पोखरा, ६ पुस । पोखरा प्रिमियर लिग पीपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा चितवन राइनोजले लगातार चौंथो जित निकालेको छ। पोखरा रंगशालामा आज भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवनले लगातार चौंथो जित निकालेको हो।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।विराटनगरको लागि लोकेश बमले ६२ रन जोडेपनि हार टार्न सकेनन्।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए।

यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए। विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए। जितसँगै चितवन फाइनल नजिक पुगेको छ। चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्