पतिका सहयोगीसँग २० वर्ष प्रेम, अनि विवाह !

love_couple
लाेकपाटी न्यूज

एजेन्सी। भनिन्छ, प्रेममा कुनै बन्धन हुँदैन, चाहे जात, धर्म या उमेरको सीमा नै किन नहोस्। भारतको केरलाको रामवरमापुरममा ३० डिसेम्बरमा एउटा अनौठो विवाह विवाह हुँदैछ।

केरलाको वृद्धाश्रममा हुन लागेको यो अनौठो विवाहमा ६६ वर्षका दुलाहा र ६५ वर्षकी दुलही हुनेछन्। उनीहरू दुवै जना रामावरपुरम वृद्धाश्रममा बस्दै आएका छन्। त्रिशूरकी ६५ वर्षीया लक्ष्मी अम्मल र इरिनजलाक्कुडा निवासी कोचानियन विवाह बन्धनमा बाँधिने निर्णय गरेका हुन्।

उनीहरूको लभ स्टोरी झनै रमाइलो छ। कोचानियन लक्ष्मीका पतिको सहायकका रूपमा काम गर्दथे। २१ वर्षअघि लक्ष्मीका पतिको मृत्यु भएको थियो। आफ्नो मृत्युअघि लक्ष्मीका पतिले कोचानियनलाई लक्ष्मीको ख्याल गर्न भनेका थिए। यो भूमिका पनि कोचानियनले राम्ररी निभाए। २० वर्षसम्म सँगै बस्दा उनीहरूबीच प्रेम बस्यो।

कोचानियन प्राय:जसो सडकमा घुम्ने गर्छन्। यसै क्रममा उनी एक दिन अचानक बेहोस भए। त्यहाँबाट एक एनजीओले उठाएर उनलाई भायनाडको एक वृद्धाश्रममा भर्ती गराए। त्यहाँबाट दुई महिनाअघि मात्रै उनलाई रामावरपुरमको वृद्धाश्रममा सिफ्ट गरिएको थियो, जहाँ अम्मल ११ महिनादेखि बसिरहेकी थिइन्।

वृद्धाश्रमको रेखदेख गर्ने बीजी जयकुमारलाई वृद्धाश्रममा रहेका अम्मल र कोचानियनको लभस्टोरीबारे थाहा पाए। त्यसपछि उनले दुई जनाको विवाहको चाहना पूरा गर्ने पहल सुरु गरे। २० वर्षसम्म एकअर्कालाई राम्ररी बुझेका लक्ष्मी र कोचानियनको प्रेमले वृद्धाश्रममा पुगेर सफलता पायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्