सिञ्जामा लागूऔषधको प्रयोगले भयावह रुप लिँदै

लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने/  सिञ्जा, ६ पुस । जुम्लामा लागूऔषधले भयावह रुप लिन थालेको छ। भारतको रुपाईडियाँबाट नेपालगञ्ज विमानस्थल हुँदै जुम्लामा आएको ६ ग्राम लागूऔषध तथा ब्राउन सुगर नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवन भित्रबाट प्रहरिले बरामत गरेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपि लाल बहादुर धामिले पुस २ गते कार्टुनमा सिलप्याक गरी राखिएको डिब्बामा लागूऔषध तथा ब्राउन सुगर बरामद गरेको सार्वजनिक गरेका हुन्। डिएसपी धामीले लागूऔषध तथा ब्राउन सुगर ओसारपसार र बिक्रि बितरण गर्ने व्यक्तिलाई सार्वजनिक गरेका हुन्।

पक्राउ परेको व्यक्तिको नाम भने प्रहरिले गोप्य राखेको छ। मंसिर आठ गते कर्णाली सडक खण्डको तिला गाउँपालिका वडा नं ३ कुडारी बाट एकसाथ चार जना पक्राउ परेका छन्। लागूऔषध तथा ब्राउन सुगर ओसारपसार,बिक्रि बितरण तथा सेवन गदै गरेको अवस्थामा चार जना लाई पक्राउ गरी अनुसन्धान भइरहेको डिएसपि धामीले बताएका छन्।

लागूऔषधले चोरीका घटनासमेत बढाएको प्रहरीको दाबी छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा रहेको ब्राईट फिप्यूचर देउली विद्यालयको गत मंसिर ८ गते १४ वटा ल्यापटप चोर्ने तीन जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लाले सार्वजनिक गरेको छ।

उनिहरुले जुम्लाको पातारासी गाउँपालिका वडा नं ६ उर्थूचौतारामा रहेको पसल फोडी कपडा लगायतका सामानहरु चोरी गरेको डिएसपी धामीले बताए।
यसैबिच मंसिर २ गते चन्दननाथ नगरपालिका ४ सिगाचौरबाट दिँउसै घर चोरेर फरार व्यक्ति नेपालगञ्जबाट पक्राउ परेका हुन्।

हिमा २ स्थायी घर भएका रामदेवि रोकायाको घरबाट सुन, गरगहना, ल्याप्टप लगाएत सामानसहित ७ लाखको चोरी भएको थियो। प्रहरीले चोरी गर्नेलाई पक्राउ गरेर आफूलाई न्याय दिलाएकोभन्दै रामदेवि रोकायाले खुसि व्यक्त गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्