काठमाडौं, ७ पुस । शहरदेखी गाउँ गाउँमा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले पछिल्लो पटक सेवा सञ्चालनमा ल्याएको छ। बैंकका प्रमूख सूचना अधिकारी सुधिर नाथ पाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले Interactive Voice Response सेवा सञ्चालनमा ल्याएको उनले आफ्नो विज्ञप्तिमार्फत् जनाएका छन। त्यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ।
ग्राहकवर्गले IVR सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, IVR पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्ने बताइएको छ। IVR सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा IVR सेवा दर्ता गर्नुपर्दछ।
दर्ता प्रक्रिया SMS वा फोन कल दुबै माध्यमबाट गर्न सकिने समेत विज्ञप्तिमा जनइएको छ। ग्राहकहरुले SMS द्वारा IVR दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्ने जनाइएको छ। ९१० दर्ता गर्नका लागि IVR इस्पेस आफ्नो खाता नम्बर IVR<space>Account Number टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । SMS पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ ।
दर्ता प्रक्रिया समाप्त भए पश्चात क्ष्ख्च् सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नुहुनेछ । ग्राहकहरुले फोन कलद्वारा क्ष्ख्च् दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ।
९२० IVR सेवा प्रयोग गर्नका लागि ग्राहक महानुभावहरुले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको IVR नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ।
९३० IVR सेवाको प्रयोगबाट ग्राहक महानुभावहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नुहुनेछ जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
यो सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यसबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
करिव २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्। उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।
त्यसैगरी वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।