काठमाडौं, ७ पुस। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको हो।
भेटमा स्थायी कमिटीको आइतबार सकिएको बैठक, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), सभामूख चयन लगायका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ। दुई अध्यक्षबीच समाभूख चयन, एमसीसी र स्थायी कमिटी बैठकका बारेमा छलफल हुनुका साथै सभामूख चयनमा भेट केन्द्रीत भएको थियो।
दुई घण्टा लामो छलफलका क्रममा सभामूख चयन, शिवमाया तुम्वाहाङफेको व्यवस्थापन लगायको विषयमा छलफल भएको थियो। दुई नेताबीच एमसीसीका बारेमा पनि छलफल भएको छ। स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएपछि दुई अध्यक्ष यसको गृहकार्यमा जुटेका हुन्।
संसदको हिँउदे अधिवेशन शुरु भएसँगै नयाँ सभामूखको चयन गर्नुपर्ने भएको छ। उपसभामूख शिवमाया तुम्वाहाङफेलाई राजीनामा गराएर नेकपाले सभामूख चयनको तयारी गरेको छ।