भारतीय राजदूतलाई देउवा निवासमा बिदाई भोज

manjib
लाेकपाटी न्यूज

काठमाडौं। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाई भोज दिएका छन्। बुढानिलकण्ठस्थित निवासमा देउवाले राजदूत पुरीलाई बिदाई भोज दिएका हुन्।

भोजमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह लगायतका नेता सहभागी थिए ।

आफ्नो तीन वर्षे कार्यकाल पूरा भएसँगै नेपालका लागि भारतीय राजदूत पुरी स्वदेश फर्किने तयारीमा छन्। कार्यकाल पूरा भए पनि उनी पुस १५ गते मात्रै स्वदेश फर्किने छन्। कार्यकाल सकिए पनि पुरीले नेपालका नेताहरुसँग बिदाई भेट गरिरहेका छन्।

भारतले नयाँ राजदूत को पठाउने भन्ने अहिलेसम्म यकिन भएको छैन। तर नेपालका लागि नयाँ भारतीय राजदूतमा विकास स्वरूप, अखिलेश मिश्रासहितको नाम चर्चामा छ।