गोल्ड मेडलिस्ट छात्रालाई दीक्षान्त समारोहबाट निकालियो

tailent
लाेकपाटी न्यूज

काठमाडौं। नागरिकता कानुनको विरोध गरेकी भारतको पुदुचेरी युनिभर्सिटीकी एक गोल्ड मेडलिस्ट छात्रालाई राष्ट्रपति रामनाथ कोविन्दको उपस्थितिमा आयोजित दीक्षान्त समारोहबाट बाहिर राखिएको छ।

मास कम्युनिकेसन विषयमा गोल्ड मेडल प्राप्त गरेकी राबिहा अदुरेहिमले राष्ट्रपति समारोहबाट बाहिरिएपछि मात्र आफूलाई हलभित्र प्रवेश गर्न दिइएको बताएकी छन्। ‘राष्ट्रपति आएपछि मलाई बाहिर बोलाइयो। उनीहरुले बलप्रयोग त गरेनन् तर किन बाहिर बोलाइयो भन्ने मलाई थाहा भइगो,’ उनले भनेकी छन्।

राष्ट्रपति बाहिरिएपछि उनलाई हलभित्र निम्त्याएर गोल्ड मेडल र प्रमाणपत्र दिन खोजिएको थियो। तर उनले गोल्ड मेडल लिन अस्वीकार गरिन्। ‘मैले गोल्ड मेडल लिन अस्वीकार गरे। देशभर नागरिकता कानुन र एनआरसीविरुद्ध भइरहेको प्रदर्शनमा ऐक्यबद्धताका लागि मैले यो अस्वीकार गरेको हुँ,’ उनले भनेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्