मधुमाया ओझाको निधन

madhu maya ojha pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ पुस। नेपाल सरकारका पूर्वसचिव एवं वाणिज्यविद् पुरुषोत्तम ओझा, जनप्रिय बहुमूखी क्याम्पसका पूर्वप्रमूख अर्थशास्त्री भोजराज ओझा, र निजामती सेवामा कार्यरत लेखा अधिकृत शुरेशराज ओझालाई मातृ शोक परेको छ।  ओझात्रयकी माता मधुमाया ओझाको ९९ वर्षको उमेरमा गत पुस ५ गते शनिवार काठमाडौंमा निधन भएको हो।

उनको पार्थिव शरिरलाई शनिवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ। ओझाका चार बुहारी, ५ नाती र ३ नातिनी छन्। ९९ वर्षीया ओझा साक्षर थिइन्। उनले महिलाहरु चुलो चौकामा मात्र सिमित भैरहेको त्यो समयमा श्रीमान कालिदास ओझाबाट घरमा नै बसी अनौपचारिक शिक्षा हासिल गरेकी थिइन्।

सामान्य लेखपढ गर्न जान्ने ओझाले २र३ वर्ष अघिसम्म पनि बिना चश्मा गीता पाठ गर्ने क्षमता राख्थिन्। हजुर आमाको निधनबाट सिंगो परिवार स्तब्ध बनेको छ, एउटा असल अभिवावक गुमाउदा हामी सबै मर्माहत भएका छौं नातीत्रय डा. अनिल राज ओझा, सरोज ओझा र मेल्सम ओझाले एकै स्वरमा भने।

ओझा तनहुँ स्थित व्यास नगरपालिका ५ साँगेकी स्थायी बासिन्दा थिइन्। राणाकालमा महिलाहरु चुलो चौकोमा मात्र सिमित भैरहेको त्यो समयकालमा पनि उनले अक्षर चिन्ने अवसर पाएकी थिइन्। त्यस समयमा ग्रामिण भेगका महिलाहरुका लागि सामान्य शिक्षा लिन पनि अशम्भव जस्तै थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्