काठमाडौं। ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।
पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्नेछन्। फारमका लागि बेग्लै एक सय रुपैयाँ शुल्क बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। दरखास्त फारम महानगरको वेबसाइट lmc.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ।
पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरले आग्रह गरेको छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन्। कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ।
पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ।