रुकुम पश्चिम, ९ पुस। रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नम्बर १० को कार्यालयमा अज्ञात समूहले आगजानी गरेको छ। सोही नगरपालिकाको भ्याउनेमा रहेको कार्यालयका सामानहरु बुधबार जलाई दिएको हो।
कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरालगायत सामान जलेका छन्। कार्यालयको सामग्री कोठाबाहिर निकालेर आगो लगाइएको प्रहरीले जनाएको छ। फर्निचरको साथै तीन वर्षदेखिका सम्पूर्ण कागजात जलाइएको वडाध्यक्ष गंगाराम चनाराले जानकारी दिए।
वडा कार्यालयको सामग्री कसले र किन जलाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी प्रमूख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।