ट्राफिक नियम नमान्ने सवारी चालकलाई ५ हजार जरिवाना

ss
लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस। यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ। विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो।

जरिवाना अत्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको विभागले जनाएको छ। हाल, ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि २ हजारसम्म जरिवाना गर्दै आएकोमा अब जुनसुकै कारवाहीमा समान पाँच हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गर्न लागिएको हो ।

विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ। त्यस विषयमाथि पुस १३ र १४ गते काठमाडांैमा छलफल गरिने भएको छ। प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ। नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिवाना लाग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्