काठमाडौं, १० पुस। महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रोहित खुलीमुलीको निधन भएको छ। रोहितको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको भक्तपुर प्रहरी प्रमूख सविन प्रधानले जानकारी दिए।
रोहित भक्तपुर परिसरमा लेखाशाखामा कार्यरत थिए। भक्तपुर नै घर भएका रोहित केही समयदेखि कलेजो रोगबाट ग्रसित थिए।