प्राइम लाइफ इन्स्योरेन्स कम्पनि लि.ले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकै दिन ३ सम्पर्क कार्यालय शुभारम्भ गरी ब्यवसाय सञ्चालन र बिस्तार गरेको छ। सम्पूर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनिले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामपुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरे।
उक्त कार्यक्रममा बोल्दै भट्टराईले कम्पनिको ब्यवसाय बृद्धि गर्ने क्रममा ग्राहकलाई थप छिटो, छरितो सरल र सहज रुपमा जीवन बीमा सेवा पुर्याउने उद्देश्यले नयाँ सम्पर्क कार्यालयहरु स्थापना गरिएको बताए। सोही क्रममा बोल्दै भट्टराईले हरेक नागरिकले जीवन बीमाप्रति सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिँदै समग्रमा हेर्दा कम्पनिको हालको अवस्था, लगानी, प्रतिफल, चुक्ता पूँजी, जीवन बीमा कोष लगायतका हरेक सूचकहरु अत्यन्त सबल रहेको र कम्पनि अत्यन्तै मितव्ययी ढंगले अगाडि बढेको जानकारी गराए।
कम्पनिले बजारमा ल्याएका बिभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउँदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउँदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहकमैत्री भएको प्रस्ट्याए। उक्त कार्यक्रम कम्पनिका पश्चिम क्षेत्र बजार विभाग र अभिकर्ता सेवा विभाग प्रमुख नविन थापा र सम्बन्धित स्थानीय निकायका प्रमुख जनप्रतिनिधिहरु, बिशिष्ट व्यक्तित्वहरुले पनि जीवन बीमाप्रतिको आफ्नो धारणा राखेका थिए।
कम्पनिका ५ नम्वर प्रदेश कार्यालय बुटवलका प्रमुख शिवप्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनिका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो। उक्त कार्यक्रममा कम्पनिका कर्मचारीहरु, अभिकर्ताहरु, बिमितहरु, बिभिन्न पेशा ब्यवसायमा आवद्ध व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति थियो।