कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित

karnali suwasthe bigyan
लाेकपाटी न्यूज

उपेन्द्र न्यौपाने\ सिञ्जा, १० पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका २२९ जना कर्मचारीहरु स्थायी गर्न माग गर्दै आन्दोलित भएका छन्। उनिहरुले लामो समय सेवा गर्दा पनि स्थायीलगायत सेवा सुविधामा प्रतिष्ठानले वेवास्ता गरेको भन्दै पत्रकार सम्मेलन गरि आफूहरुलाई स्थायी गरिनुपर्ने विषयमा आन्दोलित भएका हुन्।

उनिहरुले एक ज्ञापन पत्र प्रतिष्ठानलाई उपलब्ध गराउँदै यहि मिति २०७६ साल पुष १४ गते हुने सिनेट बैठकमा प्रस्ताव लैजान भनिएको छ। ज्ञापन पत्रमा भनिएको छ, कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर र सम्पति मानिने प्रतिष्ठानमा लामो समयदेखि कार्यरत हामी करारका कर्मचारीहरुलाई स्थायी गरिनुपर्ने भएता पनि हालसम्म सुनुवाई नभएको र पुष १४ गते हुने सिनेट बैठकमा प्रस्ताव लिन अनुरोध गरिएको छ। ज्ञापन पत्रमा २०७६ साल मंसिर १० गते दिएको निवेदन बेवास्ता गरिएकाले आन्दोलित हुनु परेको बताएका छन्।

यो विषयमा सुनुवाई नभएमा पुस ११ गतेबाट नै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापन पत्रमा भनिएको छ, हालसम्म प्रतिष्ठान जोगाउन लामो समयदेखी कार्यरत कर्मचारीहरुको स्थायी प्रक्रियामा सहयोग पु¥याउन, नेपाल सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल परिवार, आम सञ्चारमाध्यम, नागरिक समाज, राजनैतिकदल, स्थानीय नागरिक समाज, जनप्रतिनिधि सबैप्रति सहयोगको अपेक्षा गरिएको छ। प्रतिष्ठानको नियमावली २०५९ अनुसार परीक्षा सञ्चालन गरी स्थायी गरिने व्यवस्था भए पनि वेवास्ता गर्दै प्रतिष्ठान धरापमा पार्न थालिएको कर्मचारीहरुको गुनासो छ ।

यस अघि ८५ जना कर्मचारी स्थायी गरिएको भएपनि आफूहरुलाई विभेद गरिएको प्रतिष्ठानका कर्मचारी कविन्द्र महतले आक्रोस पोखे। यसैगरी स्थायी कर्मचारीहरु र करारलाई गरिएको विभेद अब सहन नसकिने भन्दै यो सिनेट बैठकले स्थायी गरि न्याय दिने पविन काफ्लेले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सिनेट बैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपीशर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बस्ने भएको छ।

प्रतिष्ठानमा उच्च स्तरको एमडिजिपी, डाक्टर पढाईदेखि विभिन्न एजेण्डामा छलफल हुने प्रतिष्ठानले जनाएको छ। यता रामाकान्त उपाध्यायको संयोजकत्वमा करारका कर्मचारीलाई एक संघर्ष समितिसमेत गठन गरिएको छ। मागप्रति वेवास्ता गरिएमा आन्दोलित हुने बताइएको छ। यता प्रतिष्ठानले लोकसेवा आयोगले लिने परिपत्र भएको प्रतिक्रिया दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्