काठमाडौं। धार्मिक भावनामा चोट पुर्याएको भन्दै तीनजना बलिउडकर्मीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। एक वरिष्ठ प्रहरी अधिकारीले यो घटनाको पुष्टि गरेका हुन्।
अमृतसर प्रहरीले अभिनेत्री रवीना टंडन, फिल्म डायरेक्टर तथा कोरियोग्राफर फाराह खान र कमेडियन भारती सिंहविरुद्ध एक टिभि शोका दौरान धार्मिक भावनामा चोट पुर्याएको भन्दै मुद्दा दायर गरेको हो।
भारतको इण्डियन एक्सप्रेसले यो खबर प्रकाशित गरेको छ। क्रिश्चियन फ्रन्ट अफ अजनाला ब्लाकका सोनू जाफरको उजुरीका आधारमा यो मुद्दा दायर भएको हो। क्रिसमसका दिन प्रसारण भएको कार्यक्रमको भिडियो फुटेज पनि समावेश गरिएको छ।
यो उजुरीमा आरोप लगाइएको छ कि उनीहरुले ईसाई धर्म मान्ने व्यक्तिहरुको भावनामा ठेस पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।