वास्तविक किसान कृषि गणनामा नछुटुन

krishi mantri data btl
लाेकपाटी न्यूज

अस्मिना पाण्डे\ बुटवल, ११ पुस। कृषि कर्ममा लागेका किसानहरुको सहि ढंगबाट गणना हुनुपर्ने कृषि सरोकारवालाहरुले औल्याएका छन्। कार्यक्रममा सहभागि कृषि क्षेत्रका सरोकारवालाहरुले कृषि क्षेत्रको सहि मापदण्ड बनाउनुपर्ने बताएका छन्।

आगामी राष्ट्रिय कृषि गणना २०७८ मा समेटिने विषयवस्तुको विषयमा केन्द्रीय तथ्यांक विभाग काठमाडौं र तथ्यांक कार्यालय कपिलवस्तुको आयोजनामा बुटवलमा बिहीबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले मसिनो गरी किसानको पहिचान गर्न आवश्यक रहेकोमा जोड दिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का भूमि व्यवस्था कृिष तथा सहकारी मन्त्री आरती पौडेलले कृषि गणनामा किसानहरुले बुझ्ने, किसानहरुको भाषा बुझ्ने व्यक्तिहरु बढिभन्दा बढि सहभागी हुनुपर्ने बताएकी छिन्।

उनले किसानहरुले नै नबुझ्ने भाषामा तथ्यांक लिँदा तथ्यांक भन्दा पनि बढि मिथ्यांक आउने भन्दै यसमा स्थानीय मानिसहरुको बढिभन्दा बढि सहभागिता हुनुपर्ने बताएकी हुन्। मन्त्री पौडेलले केन्द्रीय तथ्यांक विभागको आयोजानमा हुन् लागेको कृषि गणनामा प्रदेश ५ सरकार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जहिले पनि सकारात्मक सहयोगीको रुपमा रहने बताइन्। मन्त्री पौडेलले किसानहरुले जानी नजानी विभिन्न प्रकृतिका गल्तीहरु गरिहरेको भन्दै कृषि गणनाको क्रममा ति गल्ती सच्चाउनको लागिसमेत आग्रह गर्ने खालको भूमिका खेल्न आग्रह गरिन्।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा। ईश्वर गौतमले वडा तहबाटै कृषि गणना आव श्यक रहेको बताए। ०६८को जनगणनालाई आधार बनाएर काम गर्दा कठिनाई भएको भन्दै गौतमले कृषकलाई सूचनाको पहुँचमा ल्याउने खालका कार्यक्रम गर्नसमेत आग्रह गरे। उनले वडा स्तरमै खेती योग्य जमिनको तथ्याङक संकलन गर्न सके कृषि योग्य जमिन र वास्तविक किसान को हुन् भन्ने तरिकाले गणनामा सहयोग पुग्ने बताए।कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक डा। महेश्वर कुमार सुवेदीले तथ्याङको सहि गणना सदुपयोग हुनेमा आफू विश्वस्त भएको बताएका थिए।

यस्तै केन्द्रीय तग्थ्यांक विभागका निर्देशक बद्री कुमार कार्कीले तथ्यांक विभागले कृषि गणनाका लागि निर्माण गरेको तथ्याङक संकलन पुस्तीका, फाईलको विषयमा जानकारी गराएका थिए। कृषि गणना नमुना संकलन पद्धतीबाट गरिने जानकारी दिँदै उनले देशभरबाट कुल २ लाख ५० हजार कृषकहरु यो गणनामा सहभागि हुने जानकारी दिए।

कुल ८ धुर भन्दा बढि क्षेत्रमा खेतीपाती गरेका किसानहरु २५ लाख बाट नमुनाको रुपमा छनौट गरी कुल २ लाख ५० हजार किसानहरुलाई गणनामा समेटिने र सोही अनुसार तथ्यांक संकलन, विश्लेषण र अद्यावधिक गरिने उनको भनाई रहेको थियो। कार्यक्रमा किसान, कृषि सरोकारवाला व्यक्तिहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्