काठमाडौं, ११ पुस। अभिनेत्री बिनिता बरालले छोरीलाई जन्म दिएकी छन्। अमेरिकामै विवाह गरेकी बरालले आफ्नो फेसबुक अकाउन्टमार्फत् आफू आमा भएको कुरा उल्लेख गरेकी छन्।
उनले फेसबुकमा छोरीसहितको तस्बिर पोस्ट गर्दै लेखेकी छिन् ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया।’ उनले आफ्नी छोरीको नाम काया राखेकी छिन्। बिनिताले गत मे २७ तारिखमा आफ्ना प्रेमी तिलक पौडेलसँग विवाह गरेकी थिइन्।
बिनिता बराल नेपाली अभिनेत्री तथा लेखक हुन्। उनले चपली हाईट चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन्। त्यसपछि उनले फुलस्टप, सुपरहिट र उमङ्ग चलचित्रमा काम गरिसकेकी छिन्। यिनको जुइनो नामको कृति प्रकाशित छ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34