उत्तर प्रदेशमा इन्टरनेट सेवा बन्द

mobile_Internet
लाेकपाटी न्यूज

एजेन्सी। उत्तर प्रदेश सरकारले शुक्रबार हुने जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको छ।नागरिकता संशोधन कानून (सीएए) लाई लिएर भएको हिंसापछि उत्तर प्रदेश सरकारले जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको हो।

उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहले उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द हुने जानकारी दिए। उनले भने, ‘राज्यमा कानूनी व्यवस्था पूरै नियन्त्रणमा छ, सुरक्षाबलको विभिन्न टिम जुटेको छ। हामीले २१ वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरेका छौँ, स्थिति सामान्य हुँदै गएपछि इन्टरनेटमाथिको प्रतिबन्ध हटाइने छ।’

नागरिकता संशोधन कानूनको विरोधमा सबैभन्दा हिंस्रक आन्दोलन उत्तर प्रदेशमा देखिएको थियो। प्रदर्शनको क्रममा उत्तर प्रदेशमा प्रदर्शनकारीको ज्यान गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्