काठमाडौँ। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहास दोहोरिन सक्ने बताएका छन्। सामाजिक सञ्चालमा उनले हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाऊ र राज गर’ नीति अपनाइरहेको बताएका छन्।
‘फुटाऊ र राज गर’को नीतिले इतिहास दोहोरिने सक्ने भन्दै उनले सावधान हुन समेत आग्रह गरेका छन्। ‘इतिहास आफैँ दोहोरिन्छ किनभने मानिस आफ्ना गल्तीहरू दोहोर्याउँछन्’ भन्ने कुरा उत्पीडित वर्ग, जाति समुदायले नबुझेसम्म उनीहरूको मुक्ति नहुने समेत उल्लेख गरेका छन्।
ट्वीट नम्बर १ : ‘भनिन्छ-History repeats itself because men repeat their mistakes.उत्पीडित वर्ग, जाति, लिंग, समुदायले यो कुरा नबुझेसम्म उनीहरूको पूर्ण मुक्ति हुन्न! शासक वर्ग/जाति/लिंगले उत्पीडित भित्रकै केहीलाई सहवरण गरेर आफ्नो सत्ता टिकाउँदै आएको इतिहास साक्षी छ! वेदानन्द झा, बालाराम घर्ती मगर,…२’
ट्वीट नम्बर २ : ‘हीरालाल विश्वकर्मा, फत्तेसिंह थारु, सुशीला थापाहरू राजाका मन्त्री बनेर मधेसी, जनजाति, दलित, थारु, महिलाको मुक्ति भयो ? भएन! बरु उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो! अहिले पनि इतिहास दोहोरिइरहेछ! हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै‘फुटाऊ र राज गर’ नीति अपनाइरहेछन्! सावधान!’