इतिहास : सिन्धुघाटीको सभ्यता के हाे ?

लाेकपाटी न्यूज

काठमाडौं। सिन्धुघाटीको सभ्यताबारे हामीले इतिहासमा पढ्यौं। तर, त्यसको कौतुहलता अझै मेटिएको छैन। सिन्धु घाटी, जहाँबाट एउटा सभ्यताको बिज रोपियो, त्यो शहर कसरी नामेट भयो ? यो प्रश्नको तृष्ण बाँकी नै छ। सिन्धु घाटीबारे अनेक किस्साहरु प्रचलित छन्। कति सिनेमामा पनि देखाइएका छन्। कति कथाहरुमा लेखिएका छन्। तर, त्यसको वास्तविकता अझै रहस्यमै छ।

नयाँ तथ्य यस्तो छ

आर्यभट्टका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो। लगभग यसै समयमा सिन्धुघाटी सभ्यता चरम उत्कर्षमा थियो। पहिले उत्खनन तथा शोध का आधारमा के मानिएको थियो भने ईसा पूर्व २६०० मा हडप्पा एवं मोहनजोदाडो नगर सभ्यताको स्थापना भएको थियो। कतिपय इतिहासकारले यो सभ्यतालाई २७०० ईसा पूर्वदेखि १९०० ईसा पूर्वसम्म मानेका छन्।

आईआईटी खड्गपुर तथा भारतीय पुरातत्व विभागका वैज्ञानिकहरूले सिन्धु घाटी सभ्यताको प्राचीनताका विषयमा नयाँ तथ्य ल्याएका छन्। उनीहरूका अनुसार यो पाँच हजार पाँच सय बर्ष वर्ष नभई आठ हजार वर्ष पुरानो थियो।

शोधकर्ताहरूले यसका अलावा हडप्पा सभ्यताभन्दा १० हजार वर्ष पूर्वको सभ्यताको प्रमाण समेत खोजी गरेका छन्। यसको मतलब यो सभ्यता त्यतिखेर विद्यमान थियो जब कि भगवान श्रीराम (५ हजार १ सय १४ ईसा पूर्व) तथा श्रीकृष्ण (३ हजार २ सय २८ ईसा पूर्व) को समयमा यसको पतन शुरू भैसकेको थियो।

जे भए पनि के कुरा निश्चित देखिन्छ भने सिन्धु सभ्यता महाभारत कालमा मौजूद थियो। महाभारतमा यो ठाउँलाई सिन्धु देश भनिन्थ्यो। त्यतिखेर सिन्धु देशका राजा जयऽथ थिए । जयऽथको विवाह धृतराष्ट्रकी पुत्री दुःश्शालासँग भएको थियो। महाभारत युद्धमा जयऽथले कौरवहरूलाई साथ दिएका थिए र चक्रव्युहको क्रममा अभिमन्यूको मृत्युमा जयऽथको अहम भूमिका थियो।

प्राचीन सिन्धु सभ्यता

सिन्धु देशको तात्पर्य प्राचीन सिन्धु सभ्यतासँग छ। यो स्थान केवल आफ्नो कला र साहित्यका लागि विख्यात थिएन, यो त वाणिज्य एवं व्यापारमा समेत अग्रणी थियो। वर्तमान पाकिस्तानको सिन्धु प्रान्तलाई प्राचीनकालमा सिन्धु देश भनिन्थ्यो। कालिदासको महाकाव्य रघुवंशमा सिन्ध नामक देश रामले भरतलाई दिएको कुरा उल्लेख छ। युनानका लेखकहरूले सिकन्दरले भारतमाथि आक्रमण गरेको घटना वर्णन गर्ने क्रममा सिन्धु देशका सहरहरूको उल्लेख गरेका छन्। मोहनजोदाडो र हडप्पा सिन्धु देशका दुई ठूला सहर थिए।

एक नयाँ अध्ययनमा दावा गरिए अनुसार करिब चार हजार वर्ष पुरानो सिन्धु घाटी सभ्यता पतन हुनुको मुख्य कारण जलवायु परिवर्तन हुनसक्छ। उक्त अध्ययनमा हिन्दू मान्यताको पवित्र नदी सरस्वतीको स्रोत एवं अस्तित्वका विषयमा लामो समयदेखि जारी बहसलाई सुल्झाइएको दावी गरिएको छ।

उक्त अध्ययनमा पुरातत्व विभाग र अत्याधुनिक भू-विज्ञान प्रविधिसँग जोडिएको नयाँ तथ्यांक पनि पेश गरिएको छ। यसमा भनिए अनुसार मनसुनी वर्षामा कमी आएका कारण नदीको जलस्तर घट्दै गयो, जसले हडप्पा संस्कृतिको पतनमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। हडप्पा संस्कृति आफ्नो कृषि कार्यका लागि पूर्ण रूपले नदीको प्रवाहमा निर्भर थियो।

‘प्रोसीडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’ पत्रिकामा छापिएको निष्कर्षमा एक अन्तर्राष्ट्रिय दलले उपग्रहबाट प्राप्त तस्बिरहरू तथा स्थलाकृतिक तथ्यांकहरूको उपयोग गरे र सिन्धु तथा त्यसको वरिपरि बग्ने नदीहरूको प्रभाव क्षेत्रको डिजिटल नक्सा विश्लेषण गरे।

समयसँगै भू-भागमा आएको परिवर्तन पत्ता लगाउनका नदीको तल्लो भागमा थिगि्रएर रहने वस्तुको मूल स्रोतको नमुना एकत्रित गरे। यी नमुनाहरूबाट के पत्ता लगाउने प्रयास गरियो भने ती नमुनामा नदी वा हावाको कारण समयसँगै के के परिवर्तन देखा पर्‍यो।

विकिपिडियाबाट

कसरी पतन भयो ?

अमेरिकाको ‘वुड्स होल ओसियनोग्राफिक इंस्टीट्यूट’ मा भूवैज्ञानिक तथा यस अध्ययनका प्रमुख लिविउ जियोसनले भने, हामीले मैदानी क्षेत्रको भू-भागलाई फेरि बनाउने प्रयास गर्‍यौं, जहाँ ५ हजार २ सय वर्षअघि सिन्धु घाटी सभ्यता विकसित भयो, यसका शहर बने र ३ हजार ९ सयदेखि ३ हजार वर्ष पहिले बिस्तारै बिस्तारै तिनको पतन भयो।

जियोसनले भने, हाम्रो अध्ययनबाट पाइएको संकेतअनुसार मनसुनी वर्षामा कमी आएका कारण नदीको प्रवाह घट्दै गयो र यसले हडप्पा संस्कृतिको विकास र पतन दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। सन् २००३ देखि २००८ का बीचमा गरिएको यस शोधमा अर्को कुरा के दावी गरिएको छ भने पौराणिक सरस्वती नदीमा पहिले भनिएजस्तो हिमालयको ग्लेशियरहरूबाट पानी आउंदैनथ्यो।

शोधकर्ताहरूका अनुसार सरस्वती नदीमा पानीको मूल स्रोत मनसुनी वर्षा नै थियो र जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिले यो खास मौसममा मात्र बग्ने नदी बनेर रहृयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्